निफ्राको नाफामा सामान्य सुधार, हेर्नुहोस बैङ्कको वित्तीय अवस्था कस्तो छ ?



ज्ञानमाण्डू। नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैङ्कले खुद नाफामा सामान्य प्रगति गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैङ्कले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ५८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा १ दशमलव २४ प्रतिशतको सामान्य मुनाफा वृद्धि गर्न सफल भएको दखिन्छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानीको आकार पनि केहि बढेको छ । गत चालू आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा ९२ करोड ७६ लाख रुपैयाँ रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडको खुद ब्याज आम्दानी बढेर चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ९३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ० दशमलव ८१ प्रतिशतको सामान्य बढोत्तरी गर्न सफल भएको देखिन्छ ।

गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडको चुक्ता पुँजी चालू आ.व. चैत मसान्तसम्ममा आइपुग्दा २० अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको चुक्ता पुँजीको अंश ६६ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिसम्ममा बैङ्कको जगेडा कोष ४५ दशमलव ९२ प्रतिशतले वृद्धि भई २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म बैङ्कको जगेडा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित थियो। 

बैङ्कको चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. २ अर्ब १९ करोड पुगेको छ । बैङ्कले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ५८ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैङ्कले कर्जा लगानीतर्फको परिमाण  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७६ दशमलव ६३ प्रतिशतले वृद्धि गरेको देखिन्छ ।

साथै बैङ्कले गत आ.व. तेस्रो त्रैमाससम्मको अवधिको तुलनामा निक्षेप सङ्कलनको परिमाण २३ दशमलव ७९ प्रतिशतले बढाउदै रू. ३० करोड ९४ लाख पुर्‍याएको छ । बैङ्कले गत आ. व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा २५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । 

यस अवधिसम्ममा बैङ्कको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ०२ पैसा पुगेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैङ्कको मूल्य आम्दानी अनुपात ११६ दशमलव ६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x