NIC ASIA Bank को ‘जति धेरै Scan and Pay , त्यति धेरै पैसा’ योजना

ज्ञानमाण्डू।एन आई सी एसिया बैङ्कले आफ्नो मोबाइल बैङ्किङमा रहेको QR Code Scan गरी कारोबार गर्नुहुने ग्राहकहरू तथा मचेर्न्टहरूलाई ‘जति धेरै Scan and Pay, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले १५,००० रुपैयाँसम्म र ग्राहकहरूले १, ५०० रुपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहक तथा मर्चेन्टहरूले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैङ्किङ मार्फत कारोबार गर्नुपर्ने बैङ्कको प्रमुख सर्त रहेको छ । बैङ्कले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउँदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ । यस किसिमका योजनाहरूले आम जनमानसलाई डिजिटल बैङ्किङप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पुर्‍याउने बैङ्कले विश्वास लिएको जनाएको छ ।

एन आई सी एसिया बैङ्कले विभिन्न नगद फिर्ता सम्बन्धी अफरहरू आफ्ना ग्राहकहरू सामु नियमित रूपमा ल्याइरहेको छ । जस्तै, प्रत्येक शुक्रवार बेलुकी ८ बजे देखि शनिवार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैङ्किङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० रुपैयाँसम्म नगद फिर्ता, पहिलो पटक बिजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १,००० रुपैयाँसम्म छुट, प्रत्येक बुधवार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत नगद फिर्ता, प्रत्येक बुधवार दराज अनलाइनबाट सामान खरिदमा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २,००० रुपैयाँसम्म छुट, ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैङ्किङ प्रयोग गरी भाग्यमानी ग्राहकहरूले १,००० रुपैयाँसम्मको नगद उपहार लगायत विभिन्न योजनाहरू बैङ्कले सञ्चालन गरिरहेको छ । बैैंकको मोबाइल बैङ्किङ सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यससँगै ग्राहकहरूले मोबाइल बैङ्किङ र डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटेल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने आकर्षक फाइदा लिन सक्नेबैङ्कले जनाएको छ ।

बैङ्कलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा यस बैङ्कको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५४ एटिएम, १०७ वटा एक्स्टेन्सन काउन्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैङ्क हुन सफल भएको छ । करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैङ्कका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साह प्रद रहेका छन् । उत्तरदायी बैङ्किङको अभ्यास गर्दै आएको यस बैङ्कले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x