चार गाउँपालिकाका एकान्तबास रित्तिँदै

ज्ञानमाण्डू।प्युठानका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ । तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन् ।

स्वर्गद्वारी नगरपालिकाले ४७ व्यक्तिलाई एकान्तवासमा राखेको छ । सात सय ३४ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएको र तिनलाई विद्यालयमा बनाइएको एकान्तबासमा राखिएको नगर प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए । एकान्तबासमा बसेकालाई पालिकाले प्रतिव्यक्ति रु २५० प्रतिदिनको सुविधा प्रदान गरेको छ । ऐरावती गाउँपालिकामा ३२, नौबहिनीमा तीन र माण्डवी गाउँपालिकाले छ जनालाई विद्यालयमा बनाएको एकान्तवासमा राखेको स्थानीय तहले जानकारी दिएका छन् । प्यूठान नगरपालिका तथा गौमुखी, झिमरुक, मल्लरानी र सरुमारानी गाउँपालिकामा रहेका एकान्तवास रित्तै छन् । 

प्यूठान नगरपालिकामा ४७२ जना भित्रिएकामा ४४९ जना भारत र २३ जना तेस्रो मुलुकबाट भित्रिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । 

३ प्रतिशत मात्रै क्वारेन्टाइनमा:

जिल्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका तीन प्रतिशत मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइनमा छन् । जिल्लामा भित्रिएकाहरुलाई केही स्थानीय तहले न्यून सङ्ख्यामा क्वारेन्टाइनमा राखेका छन् भने बाँकी स्थानीय तहमा क्वारेन्टाइनमा रहेको सङ्ख्या शून्य छ । 

जिल्लामा भारत, कतार, मलेसिया, यूएईलगायत देशमा रोजगारको सिलसिलामा गएकाहरु बुधबारसम्म दुई हजार ९३० जना भित्रिएको तथ्याङ्क छ । त्यसमध्ये पाँच जना कोरोना विशेष अस्पताल बेल्झुण्डी, दाङको आइसोलेशनमा तथा ८६ जना सुरक्षित रूपमा क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए । 

जिल्लाबाट हालसम्म सात जनाको स्वाब परीक्षणको नमुना पठाइएकामा दुई नेगेटिभ रिर्पोट आएको छ भने बाँकी ५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल बेलझुण्डीमा पठाइएकामा रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीको भनाइ छ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x