आरम्भ चौतारी लघुवित्तकाे नाफा ७ कराेड ३ लाख

Aarambha Chautari Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २७.१५ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९ कराेड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७ कराेड ३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरम्भ चौतारी लघुवित्तले ४ अर्ब ९६ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरम्भ चौतारी लघुवित्तले ३ अर्ब १८ करोड ३५ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १४ करोड १३ लाख रुपैयाँ रहेको छ।

आरम्भ चौतारी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.३ प्रतिशतले बढेर ३४ करोड ६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.९४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५१ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९६८ काे आधारमा मूल्य आम्दानी अनुपात ५०.५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x