सबैतिर ढकमक्क फुले सयपत्री

गाईघाट, यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन् । 

जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाट सहित राजाबास बोक्से, श्रीपुर,बगाहा,जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार,कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइएको छ ।
त्रियुगा ९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रमा बर्षा भएको कारण सयपत्री फूल फुलेको र तिहारमा फूलको कमी नहुने बताउनुभयो । चौदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरु प्रशस्त मात्रमा फुलेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,“यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका बर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x