निर्धन उत्थान लघुवित्तकाे खुद ब्याज आम्दानीमा ११.७६ प्रतिशतकाे गिरावट

Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १३.५ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ अर्ब १८ कराेड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ अर्ब २ कराेड ८२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२ अर्ब १९ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको निर्धन उत्थान लघुवित्तले २७ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, निर्धन उत्थान लघुवित्तले ६ अर्ब २८ करोड ८१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ८० करोड ७ लाख रुपैयाँ रहेको छ।

निर्धन उत्थान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.७६ प्रतिशतले घटेर २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.१३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ८६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०५१ काे आधारमा मूल्य आम्दानी अनुपात २२.४३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x