कामना सेवा विकास बैंकको नाफामा १६२ प्रतिशतको बृद्धि, प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा

ज्ञानमाण्डू। कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचक सकरात्मक देखिएका छन् । 

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिसम्ममा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा बैंकले ३९ करोड ४७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.६२ प्रतिशत बढी मुनाफा हो। 

२ अर्ब ५४ करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कामना सेवा विकास बैंकले ३८ अर्ब १८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको छ ।

कामना सेवा विकास बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.८५ प्रतिशतले बढेर ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६४.३२ प्रतिशतले बढेर ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै समीक्षा अवधि सम्म बैंङ्ककाे वितरण याेग्य मुनाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.५९ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा छ र मूल्य आम्दानी अनुपात ७.९८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x