सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?

ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ४ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको छ ।



अघिल्लो कारोबारी दिन अर्थातबिहीबार भदाै ३ गतेका दिन, छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बिहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x