ज्ञानमाण्डू।पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर अर्थात् आइपिओ निष्काशन गर्ने भएको छ । यस हाइड्रोपावर कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
दुई अर्व ७५ करोड रुपैयाँ जारी पूँजी मध्ये ८२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्न लागेको हाे ।

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि. को रुपमा दर्ता भई २०७५ फाल्गुण १५गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ निर्माण गरिरहेको जनाएको छ ।