निरन्तर दोश्रो दिन उकालो लाग्याे सुनचाँदीको भाउ

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सुनको भाउ निरन्तर उकालो लागेको यो दोश्रो दिन हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ ७ गते, बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ । 

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आजका दिन चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x