प्रभु बैंकको नाफा १ अर्ब ५१ करोड, प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा

 prabhu bank

ज्ञानमाण्डू। प्रभु बैंकको नाफा ३९.८७ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ८ करोड ५७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैंकले १ खर्ब ६२ अर्ब २ करोड ४८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ५ करोड ७४ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख ३० हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब १७ कराेड ९३ लाख २७ हजार रूपैयाँ रहेको छ ।
 
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.२७ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ६० लाख २५ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ९९ कराेड ९८ लाख ५ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.०६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा छ र मूल्य आम्दानी अनुपात १५.३२ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x