वार्षिक साधारण सभामा २०% बोनस पारित गर्दै स्वाभिमान लघुवित्त, बुक क्लोज कहिले ?

ज्ञानमाण्डू।स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा फागुन १३ गते, बिहिबार डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा गर्ने भएको छ । लघुवित्तको सो सभा दिउसो अपरान्ह ३ बजे पश्चात् आरम्भ हुनेछ। कम्पनीको सञ्चालक समितिको ५० औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

सभामा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वमित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियामवलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिने छ ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७६/७७ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

यस्तै, लघुवित्तको चौथो वार्षिक साधारण सभामा जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडको रहेको छ । सभा प्रयोजनका लागि माघ ३० गते बुक क्लोज हुने कम्पनीले जानकारी दिएको छ । माघ २९ गतेसम्म कायम रहने वा सो अवधि सम्म स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर खरिद गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x