गरिमा विकास बैङ्कका नवनिर्वाचित अध्यक्ष बस्यालद्वारा पद तथा गोपिनीयताको शपथ ग्रहण

garima bikas bank

ज्ञानमाण्डू। यस गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनुभएका श्री श्याम प्रसाद बस्यालले आज मिति २०७७ फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियताको शपथ लिनुभएको छ । यस विकास बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्री श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र श्री दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट श्री विमल पाण्डे, श्री संजिव ढकाल र श्री सरस्वती पाठक संचालक पदमा निर्वाचित हुनुभएको छ ।


गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x