सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँको वृद्धि

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १७ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ८८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँ तोकिएको छ । 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार सुनको मूल्यमा वृद्धि भए संगै चाँदीको मूल्य पनि वृद्धि भएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा किनबेच हुँदैछ । आइतबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भएको देख्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x