महिला सहयात्रा लघुवित्तले चैत १८ गते डाक्यो एजीएम, बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १८ गते, बुधबारका दिन कम्पनीको आठौँ वार्षिक साधारण सभा गर्ने भएको छ । लघुवित्तको सो सभा बिहान ११ बजे पश्चात् ओम अध्याय रिट्रिट रिसोर्ट, थाहा न. पा. ६ मकवानपुरमा आरम्भ हुने लघुवित्तले जानकारी दिएको छ। लघुवित्तको फागुन १८ गते अपरहान् ५ बजे बसेको सञ्चालक समितिको १२८ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

सो सभाले गत आर्थिक वर्षको अन्त्यसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि महिला सहयात्रा लघुवित्तले आगामी चैत १ गते बुक क्लोज गर्ने जानकारी दिएको छ। यस अर्थ फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x