लोप हुँदै गाइनेको सारङ्गी


ज्ञानमाण्डू । 
कता गयौँ गीत गाउने गाइने 
दाइ दुःख पिर विरहमा चाहिने दाइ 

कुनै बेला दुःख पीडाका गीत गाउँदै हिँड्ने गाइने दाइ हिजोआज जहाँतहीँ भेटिँदैनन् । पछिल्लो समय सारङ्गी बजाउने पेसा लोप हुँदै जान थालेको छ । युवाले सारङ्गी बजाउने पेसा नअपनाउँदा सारङ्गी बजाउने पेसा लोप हुन थालेको हो । एक समय थियो । न रेडियोको पहुँच थियो, न त टेलिभिजन नै । त्यति बेला कतै घटना, दुर्घटना भए त्यसलाई बयान गरेर गाइने दाइले गीत गाउँथे । विभिन्न गाउँमा पुगेर देश विदेशमा भएका घटना दुर्घटनाका खबर दिन्थे । लाहुरे दाइले बेहोरेका दुःख कष्टलाई गाथा बनाएर सुनाउँथे । 

बाटो हिँड्दै गरेको गन्धर्वलाई घर–घरमा बोलाएर गीत गाउन लगाइन्थ्यो । मन खोलेर गन्धर्वलाई दान, दक्षिणा र सिदा दिइन्थ्यो । तर, अहिले न गन्धर्व सारङ्गी गाउँ धरमा भिरेर गाउँ–गाउँमा पुग्छन् त न युद्ध गाथा, कर्खा र घटनाबारे वर्णन गर्छन् । कुनै जमान गन्धर्व जातिका व्यक्तिलाई गाइने दाइ भनेर चिनिन्थ्यो । अहिले समय फेरिएको छ । उनीहरू आफैलाई गाइने भन्न मन पराउँदैनन् । अर्कोतर्फ घर–घरमा गएर गीत सुनाउने गाइनेलाई सम्मान होइन, हेय गरिन्छ । उनीहरूलाई सम्मान दिइँदैन । म लाग्ने जस्तो व्यवहार गरिन्छ । पहिलेका बुढा पाखाले केही रूपमा राम्रो व्यवहार गर्ने भए पनि नयाँ पुस्ताले आफूहरूलाई हेय गर्ने गरेको लामो समयदेखि सारङ्गी बजाउँदै आएका धर्मलाल गन्धर्वले बताए । 

सारङ्गी बजाउनेलाई समाजले पनि हियाउने भएकाले सारङ्गी बजाउनेको सङ्ख्या घट्दै गएको उनले बताए । “पहिले पहिले सारङ्गी बजाउनेलाई सम्मान हुन्थ्यो”, उनले भने , “तर अहिले हियाउँछन्, त्यसैले पनि घर–घरमा गएर सारङ्गी बजाउने पेसा लोप हुँदै गएको छ ।” त्यस्तै पहिले आफ्नो परिश्रमअनुसार दक्षिणा दिने गर्ने भए पनि अहिले त्यो संस्कारको अन्त्य भएको उनले जनाए । 

तुलसीपुर–४ रक्षाचौरका अजय गन्धर्व १७ वर्षका भए । उनले जन्मेदेखि नै सारङ्गी कहिल्यै बजाएनन् । त्यस्तै सोही ठाउँका ३४ वर्षीय फोजबहादुर गन्धर्वले पनि कहिल्यै सारङ्गी बजाएनन् । कारण हो, सारङ्गी बजाउने बित्तिकै समाजले हेर्ने दृष्टिकोण । सारङ्गी बजाउनेलाई समाजमा गाइने भनेर हेप्ने प्रवृत्ति भएकाले आफूले सारङ्गी बजाउने पेसा नगरेको बताए ।

गन्धर्व समुदायका युवा नै सारङ्गी बजाउने पेशाप्रति आकर्षित नहुँदा पेसा नै लोप हुने अवस्थामा छ । गन्धर्व समुदायको परम्परागत पेसा नै सङ्कटमा पर्न थालेको छ । नेपाली संस्कृतिको महत्त्व र वीरताको गाथा बोेकेको सारङ्गी बाजालाई संरक्षण गर्न आवश्यक रहेको भए पनि राज्यले पनि संरक्षणमा ध्यान नदिएको गन्धर्व समुदायका अगुवा सुनिल गन्धर्वले जनाए ।

अहिले तुलसीपुरको गणेशपुरमा २५० घर गन्धर्व समुदायको बसोबास छ । तर, चार/पाँच जनाले मात्रै अहिले सारङ्गी बजाउँछन्, त्यो पनि कहिलेकाहीँ । गन्धर्व जातिको सारङ्गी बजाउने पेसा संरक्षण गर्न राज्यले उचित कार्यक्रम ल्याउनुपर्ने गन्धर्व अगुवा सुनिल बताउँछन् । सारङ्गीको संरक्षणका लागि सारङ्गी सङ्ग्रहालय निर्माण गर्नुपर्ने उनको भनाइ छ । दाङमा करिब ९०० गन्धर्व समुदायको बसोबास छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x