महाशिवरात्रि: शिवभक्तहरूको पवित्र पर्व

फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व हिन्दु धर्मावलम्बीहरुको एक प्रमुख र विशेष चाड हो । फाल्गुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथि शिवरात्रिको महापर्वका रूपमा मनाइन्छ । पौराणिक कथा अनुसार भगवान शिव र देवी पार्वतीको फाल्गुन कृष्ण चतुर्दशीका दिन विवाह भएको थियो। यस कारणले गर्दा महाशिवरात्रिलाई एक विशेष तथा पवित्र चाड मानिन्छ।

महाशिवरात्रि हिन्दु धर्मको एक प्रमुख उत्सव हो। महाशिवरात्रिलाई हरेक वर्षमा हुने १२ शिवरात्रिमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। शिवरात्रिको पर्व वर्षमा दुई पटक व्यापक रूपमा मनाइन्छ। एउटा फाल्गुन महिनामा र अर्को श्रावण महिनामा। फाल्गुन महिनाको शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ। महाशिवरात्रि चतुर्दशीमा मनाईन्छ र यस वर्ष फागुनकृष्ण चतुर्दशी,महाशिवरात्रि फागुन २६ गतेका दिन मनाइँदै छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।  

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । महाशिवरात्रिको पवित्र पर्व नेपाल सहित विश्वभरि ठूलो उत्साहका साथ मनाइन्छ। यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिवलिंगमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ । यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x