आईएमई जेनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन पछिको भाउ कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहिबार बैशाख २ गते, आईएमई जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बिहिबार आईएमई जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।


नेप्सेले बिहिबार आईएमई जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात आईएमई जेनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य एक हजार एक सय ७५ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर बिहिबार आईएमई जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता एक हजार २ सय ५७रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x