नेप्सेमा ग्लोबल आइएमई लघुवित्तको थप १० लाख कित्ता शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार, जेठ २३ गतेका दिन ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा आईतबार ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको थप १० लाख ८ हजार २६१.७८ कित्ता शेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई लघुवित्तले साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० को अनुपातमा प्राप्ति(एक्वायर) गर्दा कायम हुन आएको स्पर्स लघुवित्त वित्तीय संस्था तर्फको शेयर आफ्नो अर्थात ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको नाममा सूचीकृत भएको नेप्सेले जनाकारी दिएको छ । हाल सूचीकृत भएका १० लाख ८ हजार २६१.७८ कित्ता शेयर र यस अघि सूचीकृत ३३ लाख ८ हजार ८४३ कित्ता शेयर समेत गरी ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल सूचीकृत शेयर संख्या ४३ लाख १७ हजार १०५ कित्ता पुगेको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्जमा कारोवार हुन सक्ने गरी संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गरि उक्त संस्थाको शेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x