धितोपत्र बजारमा गिरावट, नेप्से ३०२२.१० को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३०२२ दशमलव १० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव २५ अंकले बढेर ५५० दशमलव २६ को विन्दुमा पुगेको छ ।

आज कूल २२६ कम्पनीका ३ करोड ०९ लाख ४८ हजार ८५३ कित्ता शेयर रु १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये होटल तथा पर्यटन ५८ दशमलव २५ अङ्कले बढ्दा उत्पादन ७२ दशमलव ९२ अङ्कले, अन्य उपसमूह ९०.३६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०५ अङ्कले र लगानी उपसमूह २ दशमलव २९ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ६ दशमलव ८ अङ्कले घढ्दा ट्रेडिङ उपसमूह ११ दशमलव ०६ अङ्कले, विकास बैंक २२२.८९ अङ्कले, जलविद्युत् उपसमूह ९०.७५ अङ्कले, वित्त ८६.५१ अङ्कले, निर्जीवन बीमा १.७६ अङ्कले, लघुवित्त ३९.१४ अङ्कले र जीवन बीमा १०.४८ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x