सानिमा जनरलले अषाढ २३ गते वार्षिक साधारण सभा गर्ने, हेर्नुहोस् बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आगामी २०७८ साल अषाढ २३ गते, बुधबारका दिन तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सको सो सभा बिहान १०:३० बजे पश्चात् भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले जानकारी दिएको छ। इन्स्योरेन्सको अषाढ १ गतेका दिन बसेको सञ्चालक समितिको ९१ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

हालको कोभिड १९ को माहामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले Virtual माध्यमबाट उक्त सभामा उपस्थित निमित्त आफ्नो मंतव्य राख्न चाहनुहुने शेयरधनीहरुले सभा संचालन हुनुभन्दा ४८ घण्टा अगावै कम्पनीको ईमेल ठेगाना: [email protected] मा आफ्नो नाम, सम्पर्क नं र डिम्याट नं टिपाई Meeting ID/Password माग गरि प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ । सो सभाले कुनै विशेष प्रस्ताव प्रतिवेदन बारे छलफल गर्ने छैन। 

तेस्रो वार्षिक साधारण सभा प्रयोजनका लागि सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले मिति २०७८/०१/२९ गतेका दिन संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने यस अघि नै जनाएको थियो । यस अर्थ मिति २०७८/०१/२८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x