सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ श्रवाण २० गते देखि, कति जनाले पाउँदै छन् शेयर ?

ज्ञानमाण्डू।सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मिति २०७८ साल श्रावण २० गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि ५४ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको कुल ५४ लाख कित्ता आईपीओलाई आधार मान्दा ५ लाख ४० हजार जना लगानीकर्ताले १० कित्ता शेयर पाउने देखिन्छ। 

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो कूल जारी पूँजी २ अर्ब रुपैंयाको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले ६० लाख कित्ता साधारण शेयर मध्ये कूल निष्काशनको ५% अर्थात् ३ लाख कित्ता शेयर कर्मचारीहरुलाई र कुल निष्काशनको ५% अर्थात् ३ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने ५४ लाख कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने जनाएको छ ।

कम्पनीको आईपीओमा छिटोमा श्रावण २४ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस्तै, पर्याप्त आवेदन नआए कम्पनीको आईपीओ ढिलोमा भाद्र २ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यस संस्थालाइ नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, पुतलीसडक, काठमाडौंले [CARE NP] BBB-(IS)" रेटिङ्ग पदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत रहेको (Moderate degree of safety regarding timely servicing of financial obligations) जनाउँदछ । क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको मिति : २०७७/१२/०९ क्रेडिट रेटिङ्ग ग्रेड बहाल रहने मिति: २०७८/१२/०८ सम्म ।

  • कति दिने आवेदन ?

यस अघि निष्काशन तथा बाँडफाँड भइसकेको यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ तथ्याङ्कलाइ अधार मान्ने हो भने उक्त कम्पनीको आईपीओमा कुल २१ लाख १२ हजार ७९९ लागानिकर्ताले आवेदन दिएका थिए। हिजो आज निष्काशन भएका सबै जसो कम्पनीको आईपीओमा लागानिकर्ताहरुको ठुलै चाँप हुने गरेको छ भने निष्काशन भएका सबै जसो कम्पनीको आईपीओमा आवेदन दिने लागानिकर्ताहरुको संख्याले रेकर्ड बनाउँदै आइरहेको छ। यस विषयलाई आधार मान्ने हो भने सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पनि कम से कम २१ लाख १२ हजार ७९९ लागानिकर्ताले आवेदन दिने पक्का पक्कि जस्तो नै दखिन्छ। कम्पनीले निष्काशन गर्न लागेको कुल ५४ लाख आईपीओ र २१/२२ लाख लागानिकर्ताको माग समान नहुने हुँदा, यस कम्पनीको आईपीओमा १० कित्ताका लागी आवेदन दिनु नै वुद्धिमणी हुने देखिन्छ। 

कम्पनीले निष्काशन गर्न लागेको कुल ५४ लाख कित्ता आईपीओलाई आधार मान्दा ५ लाख ४० हजार जना लगानीकर्ताले १० कित्ता शेयर पाउने देखिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x