खुद ब्याज आम्दानी घट्दा कृषि विकास बैंकको नाफामा सामान्य वृद्धि, लाभांश दिने क्षमता कति ?

ज्ञानमाण्डू।कृषि विकास बैङ्कको नाफा १०.८९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ३३ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ३ अर्ब ६९ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कृषि विकास बैङ्कले १ खर्ब ६२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ र संचित मुनाफा ३ अर्ब ६० कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.७३ प्रतिशतले घटेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा १ अर्ब ७३ कराेड रुपैयाँ रहेकाे छ अर्थात कृषि विकास बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १५.८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.८४ प्रतिशत र प्रतिशेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा र पछिल्लाे काराेबार मूल्य रू ५९३ काे आधारमा मूल्य आम्दानी अनुपात १९.३५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x