चालु आ.व.को पहिलो महिनामा १३ कम्पनीले दिए १ अर्ब रुपैंया अधिकको बोनस शेयर, कुन को कति ?


ज्ञानमाण्डू।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात २०७८ साल श्रावण महिना, नेप्सेमा सूचीकृत भइ कारोबार भइरहेका कुल १३ कम्पनीको १ अर्ब ७ करोड १९ लाख ७ हजार ५९५ रुपैंया ५० पैसा बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त १३ कम्पनीहरुको कुल १ करोड ७ लाख १९ हजार ७५ दशमलव ९६ कित्ता बोनस शेयर सूचीकृत भएको छ जसमध्ये ८ वटा लघुवित, दुई निर्जीवन बिमा, एक वित्त, एक हाइड्रो र एक लगानी उपसूचकमा सुचिकृत कम्पनीहरु रहेका छन्।

  • ८ लघुवित्तको मात्रै कुल ४० लाख ६६ हजार ४०० कित्ता बोनस शेयर सूचिकृत :
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात २०७८ साल श्रावण महिनामा नेप्सेमा कारोबार भइरहेका कुल ८ लाघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ ४० करोड ६६ लाख ४० हजार ३६७ रुपैंया बराबरको ४० लाख ६६ हजार ४०३.६७ कित्ता बोनस शेयर लाभांश स्वरूप वितरण गरेका छन् ।

लाभांश वितरण गरेका ८ लघुवित्त मध्ये फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले सर्वाधिक बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको छ। नेपाल स्टक एक्सचेन्जमा फरवार्ड माइक्रोफाइनान्सको कुल १२ लाख ५१ हजार ३८.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ २५ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप वितरण गरेको हो।

त्यसैगरी, स्वाभलम्बन लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ १९.०१ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप वितरण गरेको थियो। नेपाल स्टक एक्सचेन्जमा स्वाभलम्बन लघुवित्तको कुल १५ लाख ६ हजार ६.१६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै, सूर्योदय लघुवित्तको १५.३५ प्रतिशतले हुन आउने ३ लाख ३० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । यता, नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत, मिथिला लघुवित्तको १२ प्रतिशत, सबैको लघुवित्तको १०.५ प्रतिशत, नँया सारथी लघुवित्तको ८.१३ प्रतिशत र नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयर गत महिना नेप्सेमा सूचीकृत भएको हो ।


  • २ निर्जीवन बिमा कम्पनीले दिए झन्डै १४ करोड बोनस लाभांश :
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात २०७८ साल श्रावण महिनामा नेप्सेमा कारोबार भइरहेका दुई निर्जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ १३ करोड ९२ लाख ४ हजार ५०० रुपैंया बराबरको १३ लाख ९२ हजार ४५ कित्ता बोनस शेयर लाभांश स्वरूप वितरण गरेका थिए ।

उक्त लाभांश मध्ये प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ ८ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप वितरण गरेको छ। नेपाल स्टक एक्सचेन्जमा प्रुडेन्सियल इन्स्योरेन्सको कुल ८ लाख २१ हजार १४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ ५ प्रतिशतले हुन आउने ५ लाख ७० हजार ९०० कित्ता बोनस शेयर वितरण गरेको छ। कम्पनीको सोहि बोनस शेयर नेप्सेमा गत महिना सूचीकृत भएको हो ।


  • विभिन्न उपसूचकका तिन कम्पनीले दिए साढे ५२ लाख अधिक बोनस शेयर:
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात २०७८ साल श्रावण महिनामा नेप्सेमा कारोबार भइरहेका विभिन्न उपसूचकका तिन कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ ५२ करोड ६० लाख ६२ हजार ७२९ रुपैंया बराबरको ५२ लाख ६० हजार ६२७.२९ कित्ता बोनस शेयर लाभांश स्वरूप वितरण गरेका छन् ।

जलविद्युत उपसूचक अन्तर्गत रहेको राधि विद्युत कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ ३६ दशमलव ५ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप वितरण गरेको हो । यद्यपि, राधी विद्युत कम्पनी लिमिटेडले आ.व. २०७६/७७ मा प्रदान गरेको ३६.५ % बोनस शेयरमा लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी नगरे सम्म उक्त बोनश शेयर freeze हुने जानकारी दिएको छ। बोनस शेयर unfreeze गर्नको निम्ति शेयरधनीहरुले यथाशिघ्र आफ्नो बोनस शेयर वापत लाग्ने कर रकम उल्लेखित विवरण अनुसारको बैंक खातामा जम्मा गर्ने पर्नेछ कम्पनीले जानकारी दिएको छ। नेपाल स्टक एक्सचेन्जमा राधी विद्युतको कुल १७ लाख २८ हजार ४८१.२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यसैगरी, वित्त उपसूचक अन्तर्गत रहेको रिलायन्स फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ १० प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप वितरण गरेको हो । नेपाल स्टक एक्सचेन्जमा रिलायन्स फाइनान्सको कुल ८ लाख ३२ हजार १४६.०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यता, लगानी उपसूचक अन्तर्गत रहेको नागरिक लगानी कोषले पनि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीहरु माझ ९ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप वितरण गरेको हो । नेपाल स्टक एक्सचेन्जमा नागरिक लगानी कोषको कुल २७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x