ग्लोबल आईएमई र जनता बैंक १९ गते बन्द रहने, शुक्रबारबाट एकिकृत कारोबार सुरू

ज्ञानमाण्डू। मंसिर २० गतेदेखि एकिकृत काराेबार सुरू गर्ने गरी मर्जरकाे अन्तिम तयारीमा रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । एकीकृत कारोबार थाल्नु पूर्व दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताइएको छ ।

दुबै बैंकले मंसिर १८ गते बुधबार बैंकका शाखाहरुबाट प्रदान हुँदै आएको अतिरिक्तर सन्ध्याकालिन काउन्टर सेवा बन्द हुने भएकाे छ । मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने जनाइएको छ भने ग्लोबलको राजश्व काउन्टरबाट संचालन हुने आरएमआईएस सेवा भने निरन्त चल्ने बैंकले जनाएको छ  दुई बैंकले एकीकृत कारोबार थाल्ने दिन मंसिर २० गते शुक्रबारदेखि भने सम्पूर्ण सेवाहरु संचालनमा आउने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

मर्जपछि हाल जनता बैंकमा खाता रहेका ग्राहकको खाता नम्बर परिवर्तन हुने भएकोले ग्लोबलको जुनसुकै शाखामा गएर नयाँ खाता नम्बर लिन बैंकले आग्रह गरेको छ । त्यस्तै एकिकृत कारोबारपछि पनि जनता बैंकको चेकहरु नियमित नै चल्ने छ भने एटिएम म्याद नसकिएसम्म चल्ने छन् । जनता बैंकको इन्टरनेट बैंकिंङ लिएका ग्राहकले साविक कै युजर नेम र पासवर्डले ग्लोबलको इन्टरनेट बैंकिंङमा लग इन गरि सेवा लिन सक्ने छन् । मोबाइल बैंकिंङको हकमा समेत जनताको साविककै युजर नेम र पासवर्डले काम गर्ने तर ग्लोबलको मोबाइल एप डाउनलोड गर्नु पर्ने बैंकले जनाएको छ।

मर्जर पछि बैंकको नाम ग्लोबल आइएमई बैंक, सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना, अध्यक्षमा चन्द्रप्रसाद ढकाल त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री र वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकाल रहने छन्।

मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्ब भन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकका करिब ३०० शाखा र ३ हजार २ सय ५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने छन् भने ग्राहक संख्या २० लाख नाघ्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x