धितोपत्र बजारमा शुन्य दशमलव ६२ अंकको गिरावट, नेप्से २८७५.९८ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव ६२ अंकले घटेर २८७५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ५३ अंकले घटेर ५३५ दशमलव २९ को विन्दुमा पुगेको छ ।


आज कूल २३० कम्पनीका १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर रु ७ अर्ब ०५ करोड ०७ लाख ७० हजार ०७० मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्ये ९ उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह शुन्य दशमलव ६ अङ्कले बढ्दा जलविद्युत ६२ दशमलव ७५ अङ्कले, जीवन बीमा उपसमूह ५९.३८ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १७ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह २ दशमलव १७ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ३ दशमलव ३१ अङ्कले, विकास बैंक उपसमूह १२.०१ अङ्कले, वित्त उपसमूह ३६.४३ अङ्कले, निर्जीवन बीमा ६.३५ अङ्कले, उत्पादन उपसमूह २१.७२ अङ्कले, अन्य उपसमूह २२.५१ अङ्कले, लघुवित्त उपसमूह १७.८८ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव १७ अङ्कले घटेको छ।


सबैभन्दा धेरै हाइड्रोपावरको सूचक १.९१ प्रतिशतले बढेको छ भने सबैभन्दा ठुलो गिरावट फाइनान्समा देखिएको छ ।



बिहिबार पनि सर्वाधिक कारोबार हुने कम्पनीहरूको अग्र स्थानमा रिडी हाइड्रोपावरमा कम्पनी लिमिटेड रहेको छ । कम्पनीको ४९ करोड ३९ लाख ४९ हजार २ सय २३ रूपैयाँ बराबरको कारोबार भएको हो ।



यस दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.२२ प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरको ९ प्रतिशत, माउन्टेन हाइड्रोकाे ७.४१ प्रतिशत र युनियन हाइड्रोको ७.३२ प्रतिशतले बढेको छ।



यसैगरी रिद्धि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ भने आइसिएफसि फाइनान्सको ४.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.९४ प्रतिशत, युनिलिभर नेपालको २.८४ प्रतिशत र गोर्खाज फाइनान्सको २.७७ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x