दीर्घकालीन रूपमा बचत तथा उच्च प्रतिफल चाहनेका लागि सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना

ज्ञानमाण्डू। एन आई सी एशिया बैङ्कले गत असारमा ल्याएको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई भाद्र महिनासम्मको लागि निरन्तरता दिने भएको छ। देश एवं विदेशबाट यस योजनामा देखिएको अभूतपूर्व सहभागिता, रुचि एवं चासोलाई सम्मान गर्दै सो योजनालाई २०७९ भाद्र मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको बैङ्कले जनाएको छ । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रूपमा अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरूप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैङ्कले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको पनि बैङ्कले जनाएको छ ।

अहिले नेपालका विभिन्न वित्तीय संस्थाहरूमा उपलब्ध बचत तथा मुद्दती योजनाको तुलनामा ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ले साधारण मुद्दतीमा भन्दा करिब २ गुणा, बचत भन्दा करिब ३ गुणा सम्म वा बढी प्रतिफल दिने दाबी बैङ्कले गरेको छ । सो योजनामा १० गुणासम्म प्रतिफलको शतप्रतिशत ग्यारेन्टी गरिएको हुनाले दीर्घकालीन रूपमा बचत र उच्च प्रतिफल चाहने ग्राहकहरूलाई सो योजना सबैभन्दा उपयुक्त हुने कुरा पनि बैङ्कले जनाएको छ।

सो योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताहरूले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ७ महिना १७ दिन सम्मका लागि निर्धारित विभिन्न योजनामा न्यूनतम २ गुणा देखि अधिकतम १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सक्नेछन् भने निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ९० प्रतिशत बराबर कर्जा समेत लिन सक्नेछन् ।

यसै गरी यो योजनाको बिमा सुविधा अन्तर्गत न्यूनतम १ लाख रुपैयाँ निक्षेपमा ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुने कुरा पनि बैङ्कले बताएको छ। यस बचत योजनामा ग्राहक र ग्राहकद्वारा मनोनीत ३ अन्य व्यक्तिहरूले प्रतिव्यक्ति २१ लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउनेछन् तर खातावालाले मनोनीत गरेका व्यक्तिले बीमा सुविधा उपयोग गर्नको लागि बैङ्कमा सहज बन्डल खाता खोल्नु पर्ने हुन्छ। साथमा, ५ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउने बैङ्कले जनाएको छ।

योजनाको विभिन्न अवधिमा व्यक्तिगत संस्थागत र रेमिटेन्स मुद्दती योजनाहरूका विशेषताहरू देहाय बमोजिम रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x