सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

ज्ञानमाण्डू।कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलो पटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ ।

बाग्मती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मङ्गलवार सो कक्षको उद्घाटन गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना फैलाउन र यहाँ आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको बताए । 

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सर्वसाधारणको जनस्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने बताउँदै सेवाग्राहीको बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्ने बताए । 

बाग्मती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको बताए ।

सहायता कक्षमा ज्वरो मापनका साथै रुघाखोकी लागे÷नलागेको बारेमा सोधपुछ हुनेछ । अत्यधिक ज्वरो आएका र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको छ । सहायता कक्षमा तीन जना स्वास्थ्यकर्मी खटाइएको अध्यक्ष कार्कीले बताए ।

समाजका व्यवस्थापन प्रमुख गजेन्द्र साहले सहायता कक्षमा यहाँ आउने सबै सेवाग्राहीको स्वास्थ्य परीक्षण हुने बताए । भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा दुवै देशको सहकार्यमा १३ वटा सहायता कक्ष स्थापना गरिएको छ । ती नाकाबाट नेपाल र भारत भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x