निर्जीवन बीमा कम्पनीहरुलाई सर्वाधिक शाखा सञ्जाल र कर्मचारी सङ्ख्याका आधारमा दाँजेर हेर्दा


ज्ञानमाण्डू। हाल नेपालमा रहेका जम्मा २० वटा निर्जीवन बीमा संस्थाहरूले अधिराज्य भरि फैलिएका ९५९ वटा शाखाहरू मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेका छन् । आफ्नो व्यापार विस्तारका क्रममा नेपालमा रहेका सम्पूर्ण निर्जीवन बीमा संस्थाहरूले जम्मा ५०७४ जना कर्मचारीहरू मार्फत आफ्नो सेवा प्रदान गरिरहेका छन् । त्यसमध्ये अधिराज्य भरि सर्वाधिक शाखा सञ्जाल रहेको शिखर इन्स्योरेन्सले आफ्नो १०३ शाखाहरूमा कार्यरत जम्मा ६०८ कर्मचारीहरू मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ। यस कारण नेपालमा रहेका जम्मा २० वटा निर्जीवन बीमा संस्थाहरू मध्ये सबै भन्दा धेरै कर्मचारी सङ्ख्या र सर्वाधिक शाखा सञ्जाल शिखर इन्स्योरेन्सको रहेको देखिन्छ।

त्यसै गरी, सिद्धार्थ इन्स्योरेन्सले आफ्नो ८४ शाखाहरूमा कार्यरत जम्मा ३३१ कर्मचारीहरू मार्फत सेवा प्रदान गरिरहेको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्सले आफ्नो ८१ शाखाहरूमा कार्यरत जम्मा ३९३ कर्मचारीहरू, नेको इन्स्योरेन्सले ७७ शाखाहरूमा कार्यरत जम्मा ४४८ कर्मचारीहरू, सगरमाथा इन्स्योरेन्सले ७७ शाखाहरूमा कार्यरत जम्मा ३९५ कर्मचारीहरू, प्रिमियर इन्स्योरेन्सले ६३ शाखाहरूमा कार्यरत जम्मा ३०५ कर्मचारीहरू, प्रभु इन्स्योरेन्सले ५३ शाखाहरूमा कार्यरत जम्मा २०८ कर्मचारीहरू र नेपाल इन्स्योरेन्सले आफ्नो ५० शाखाहरूमा कार्यरत जम्मा २६४ कर्मचारीहरू मार्फत सेवा प्रदान गरिरहेको छ।

यता, लुम्बिनी इन्स्योरेन्सले आफ्नो ५० शाखाहरूमा कार्यरत जम्मा २५५ कर्मचारीहरू, जनरल इन्स्योरेन्सले ४८ शाखाहरूमा कार्यरत जम्मा १९४ कर्मचारीहरू, अजोड इन्स्योरेन्सले ४७ शाखाहरूमा कार्यरत जम्मा २७१ कर्मचारीहरू, आइएमई जनरल इन्स्योरेन्सले ४६ शाखाहरूमा कार्यरत जम्मा २६५ कर्मचारीहरू, युनाईटेड इन्स्योरेन्सले ३७ शाखाहरूमा कार्यरत जम्मा २५३ कर्मचारीहरू, एभरेष्ट इन्स्योरेन्सले ३५ शाखाहरूमा कार्यरत जम्मा १९६ कर्मचारीहरू, प्रुडेन्सियल इन्स्योरेन्सले ३३ शाखाहरूमा कार्यरत जम्मा २०० कर्मचारीहरू, एचजीआइ इन्स्योरेन्सले २७ शाखाहरूमा कार्यरत जम्मा २०० कर्मचारीहरू, सानिमा इन्स्योरेन्सले २० शाखाहरूमा कार्यरत जम्मा १४४ कर्मचारीहरू, द ओरियन्टल इन्स्योरेन्सले १५ शाखाहरूमा कार्यरत जम्मा ७३ कर्मचारीहरू र नेशनल इन्स्योरेन्सले आफ्ना १३ वटा शाखाहरूमा कार्यरत जम्मा ७१ कर्मचारीहरू मार्फत सेवा प्रदान गरिरहेका छन्।

यस अनुसार, नेपालमा हाल सञ्चालनमा रहेका जम्मा २० वटा निर्जीवन बीमा संस्थाहरू मध्ये सर्वाधिक शाखा सञ्जाल शिखर इन्स्योरेन्सको रहेको देखिन्छ भने सबै भन्दा कम शाखा नेशनल इन्स्योरेन्सको रहेको देखिन्छ। त्यस्तै, नेपालमा हाल सञ्चालनमा रहेका जम्मा २० वटा निर्जीवन बीमा संस्थाहरू मध्ये शिखर इन्स्योरेन्समा सर्वाधिक कर्मचारीहरू कार्यरत रहेका छन् भने सबै भन्दा कम कर्मचारी नेशनल इन्स्योरेन्सको रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x