
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज ७ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात बुधबार असाेज ६ गतेका दिन, छापावाला सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।