जीवन बीमा कम्पनीहरु मध्ये नाफामा प्राइम लाइफको अग्रता, बीमा शुल्क आर्जनमा नेपाल लाइफ कै प्रभुत्व

LIFE INSURANCE


गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा जीवन बीमाहरुको खुद नाफा १४.१७ प्रतिशतले सङ्कुचित भएको छ। सोही अवधिमा उक्त संस्थाहरूको खुद बीमा शुल्क आर्जन भने १७ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरूको खुद नाफा १ अर्ब २६ करोड रुपैंया र गत आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त संस्थाहरूको खुद बीमा शुल्क आर्जन ३१ अर्ब ८७ करोड रहेको थियो।

समीक्षा अवधिमा जम्मा १ अर्ब ८ करोड रुपैंया खुद मुनाफा आर्जन गरेका १९ जीवन कम्पनीहरूले औसतमा ५ करोड ७० लाख नाफा कमाएको तथ्याङ्कले जनाएको छ। यस अवधिमा ८ जीवन बीमा कम्पनीहरूको नाफा सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने ११ यस्ता जीवन बीमा कम्पनीको नाफा औसतभन्दा कम रहेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त संस्थाहरूको खुद नाफा औसतमा ६ करोड ६४ लाख रुपैयाँ रहेको थियो।

त्यसै गरी, यस अवधिमा ३७ अर्ब २९ करोड खुद बीमा शुल्क आर्जन गरेका १९ जीवन कम्पनीहरूले औसतमा १ अर्ब ९६ करोड खुद बीमा शुल्क आर्जन गरेका तथ्याङ्कले जनाएको छ। यस अवधिमा ४ जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १५ यस्ता जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त संस्थाहरूको खुद बीमा शुल्क आर्जन औसतमा १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।




चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा नेपालमा हाल सञ्चालनमा रहेका कुल १९ जीवन कम्पनीहरू मध्ये सर्वाधिक मुनाफा प्राइम लाइफ इन्स्योरेन्सले कमाएको छ । यस अवधिमा प्राइम लाइफ इन्स्योरेन्सले १२ करोड २५ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सम्बन्धित अवधिको तुलनामा १.४९ प्रतिशतको वृद्धि हो।


त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा सर्वाधिक मुनाफा कमाउने अर्को जीवन बीमा कम्पनी सूर्या लाइफ इन्स्योरेन्स भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफामा ११ दशमलव ८० प्रतिशतको बढोत्तरी भई ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा, हाल चालै प्राथमिक शेयर निष्कासन गरेको ज्योति लाइफले ९ करोड २२ लाख कमाउँदा सानिमा लाइफले ४ करोड ३८ लाख र युनियन लाइफले ३ करोड ४४ लाख नाफा आर्जन गरेको छ।


विगतमा जीवन बीमाहरु मध्ये लिडर मानिने नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नाफामा गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा भारी गिरावट आएको छ। समीक्षा अवधिमा नेपाल लाइफको नाफा सोही वर्गका संस्थाहरू मध्येको सबैभन्दा कम हो। इन्स्योरेन्सले यस अवधिमा ७० लाख ३३ हजार नाफा गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.९३ प्रतिशतको गिरावट हो।

चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा नेपालमा हाल सञ्चालनमा रहेका कुल १९ जीवन कम्पनीहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब ७४ करोड रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सम्बन्धित अवधिको तुलनामा ९.२१ प्रतिशतको वृद्धि हो।

यता, समीक्षा अवधिमा सर्वाधिक बीमा शुल्क आर्जन वृद्धि गर्ने जीवन बीमा कम्पनी प्रभु लाइफ भएको छ । उक्त इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिसम्ममा ५५ करोड ६३ लाख अधिक नाफा गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.१५ प्रतिशतको वृद्धि हो। त्यस्तै, सिटिजन लाइफले पनि गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा १००.२२ प्रतिशतले बीमा शुल्क आर्जन वृद्धि गरेको छ। यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब २१ करोड रहेको छ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा सर्वाधिक खुद बीमा शुल्क आर्जन गर्ने अर्को जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जनमा ३ दशमलव ८९ प्रतिशतको बढोत्तरी भई ५ अर्ब २२ करोड पुगेको छ। सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले यस अवधिमा ४ अर्ब ५३ करोड रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतको वृद्धि हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x