धितोपत्र बजारमा १२.५३ अंकको वृद्धि, नेप्से परिसूचक २५२०.२३ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर २५२० दशमलव २३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव १० अंकले बढेर ४७७ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

आज कूल २२९ कम्पनीका ८३ लाख २३ हजार ९२३ कित्ता शेयर रु ४ अर्ब ४९ करोड ०२ लाख ६६ हजार ४१० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ३ दशमलव ९२ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ५ दशमलव २२ अङ्कले, होटल तथा पर्यटन उपसमूह १९.६१ अङ्कले, निर्जीवन बीमा ३८१.९७ अङ्कले, उत्पादन उपसमूह ६४.९६ अङ्कले, अन्य उपसमूह १७.४१ अङ्कले, लघुवित्त उपसमूह ४७.३ अङ्कले, जीवन बीमा २०२.४८ अङ्कले, सामूहिक लगनी कोष शुन्य दशमलव ०१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ०६ अङ्कले बढेको छ । यता, विकास बैंक उपसमूह ४९ दशमलव १ अङ्कले घट्दा जलविद्युत उपसमूह १९.०९ अङ्कले र वित्त उपसमूह ४२.९८ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x