यूनाईटेड इदीमर्दी एण्ड आर. बि. हाईड्राेपावरले कति गर्याे लाभांश प्रस्ताव ?

यूनाईटेड इदीमर्दी एण्ड आर. बि. हाईड्राेपावर लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर ०७ गते, बुधबारकाे दिन ४ बजे बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको खुद तथा सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई १०.५२६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशतले हुन आउने रकम रु. ४ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको छ र सो प्रस्ताव कम्पनीको १३ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने यूनाईटेड इदीमर्दी एण्ड आर. बि. हाईड्राेपावर लिमिटेडले जानकारी दिएको छ ।

त्यस्तै यूनाईटेड इदीमर्दी एण्ड आर. बि. हाईड्राेपावर लिमिटेडले यही मङ्सिर २८ गते १३ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभा आभ्या क्लब, घारीपाटन-१७ पोखरा, कास्कीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


साथै कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर १६ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ ।

Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x