रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको नाफा ६६.९९ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा कम्पनीले ११ करोड ९४ लाख नाफा कमाएको थियो भने आ.व. २०८१/८२ को पहिलो त्रैमास सम्ममा कम्पनीले १९ करोड ९३ लाख नाफा कमाएको देखिन्छ ।
४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन २०.११ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको महाविपत्ति कोषमा १८ करोड ७६ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई १२ करोड ५५ लाख कमिसन प्रदान गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ९९ पैसा छ र मूल्य आम्दानी अनुपात ३०.८३ गुणा रहेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको नाफामा ६६.९९ प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
