काठमाडौँमा जारी नायमा मोबिलिटी एक्स्पो २०२६ मा टीभीएस मोटर्सले विभिन्न दुईपांग्रे सवारीसाधन प्रदर्शन गरेको छ। एक्स्पोमा कम्पनीले हालै नेपाली बजारमा सार्वजनिक गरेको एनटर्क १५० हाइपर स्कुटरसँगै आरटीएक्स ३०० एड्भेन्चर टुररलाई पहिलो पटक नेपाली दर्शकमाझ प्रस्तुत गरेको हो।
१५० सीसी हाइपर स्कुटरको नयाँ सेग्मेन्ट विकास गर्ने उद्देश्यले ल्याइएको एनटर्क १५० मा क्वाड प्रोजेक्टर हेडलाइट, नेकेड ह्यान्डलबार, ट्र्याक्सन कन्ट्रोल र एबीएसलगायतका फिचर समावेश छन्। रेसिङ विङलेट्स तथा रेसिङ डाइनामिक्सले स्कुटरको स्पोर्टी डिजाइन र कार्यक्षमतामा थप आकर्षण ल्याएको कम्पनीको दाबी छ।
एनटर्क १५० ले १४.२ एनएम टर्क र ९.७ किलोवाट पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ। परीक्षणका क्रममा यसले प्रतिलिटर ५० किलोमिटरसम्म माइलेज दिएको दाबी गरिएको छ। १२ इन्चका पाङ्ग्रा, ट्र्याक्सन कन्ट्रोल र एबीएसका कारण सहरी सडकदेखि विभिन्न सडक अवस्था तथा अफरोड ट्रेलसम्म प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।
दैनिक आवागमनसँगै फरक किसिमको राइडिङ खोज्ने ग्राहकलाई लक्षित गरी एनटर्क १५० विकास गरिएको टीभीएसले जनाएको छ। विशेष गरी भिजेको सडक र व्यस्त सहरी ट्राफिकमा नियन्त्रण तथा राइडिङ सहज बनाउने गरी यसको प्रविधि र डिजाइनमा ध्यान दिइएको कम्पनीको दाबी छ।
यसै गरी, एक्स्पोको हल ‘बी’ मा टीभीएसले आरटीएक्स ३०० एड्भेन्चर टुररलाई नेपालमा पहिलो पटक सार्वजनिक प्रदर्शनमा राखेको छ। नेपाली बजारमा लामो समयदेखि प्रतीक्षा गरिएको यो मोटरसाइकललाई निकट भविष्यमै बिक्रीका लागि उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
आरटीएक्स ३०० लामो दूरीको यात्रा र एड्भेन्चर राइडिङलाई केन्द्रमा राखेर विकास गरिएको टीभीएसको भनाइ छ। पोखरा–जोमसोम, काठमाडौँ–नारायणगढ तथा महेन्द्रनगरजस्ता लामो दूरीका सडकदेखि विभिन्न एड्भेन्चर रुटसम्मका लागि उपयुक्त हुने गरी मोटरसाइकल तयार गरिएको कम्पनीले जनाएको छ।
एनटर्क १५० र आरटीएक्स ३०० को प्रदर्शनसँगै टीभीएसले नेपाली बजारमा आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्ने सङ्केत दिएको छ। एनटर्क १५० मार्फत हाइपर स्कुटर सेग्मेन्टमा तथा आरटीएक्स ३०० मार्फत एड्भेन्चर टुरिङ सेग्मेन्टमा आफ्नो उपस्थिति बलियो बनाउने कम्पनीको तयारी देखिएको छ।
एक्स्पोमा नयाँ मोडलको प्रदर्शनले नेपाली दुईपांग्रे बजारमा थप विकल्प थपिएको छ। टीभीएसले नयाँ उत्पादनमा आधुनिक प्रविधि, प्रदर्शन क्षमता र दैनिक प्रयोगको व्यावहारिकतालाई एकसाथ प्राथमिकता दिएको जनाएको छ।
नायमा मोबिलिटी एक्स्पोमा टीभीएसका नयाँ मोडल, एनटर्क १५० र आरटीएक्स ३०० मुख्य आकर्षण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
