
एनआईसी एशिया बैङ्क लिमिटेडले संस्थापक समूह अन्तर्गत ७ हजार ९८१ कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ। बैङ्कले एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको जनाएको छ।
बैङ्कको अनुसार इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र आवेदन पेस गर्न सक्नेछन्। आवेदन बैङ्कको कर्पोरेट कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
एनआईसी एशिया बैङ्कको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
