खुद ब्याज आम्दानी बढे पनि सूर्योदय वाेमी लघुवित्तको नाफामा २०.८८ प्रतिशतको गिरावट

सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २०.८८ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ८ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

७९ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सूर्योदय वाेमी लघुवित्तले ४ अर्ब ५६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १० अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा १ अर्ब २८ करोड र सञ्चित मुनाफा २७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

सूर्योदय वाेमी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५५.६४ प्रतिशतले बढेर ३२ करोड २८ लाख रुपैयाँ छ भने लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.२० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २९७ रुपैयाँ ३९ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ८८८ को आधारमा मूल्य आम्दानी अनुपात ५०.६८ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x