धितोपत्र बजारमा १.३९ अङ्कको वृद्धि, नेप्से १८५३.४८ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १ दशमलव ३९ अङ्कले बढेर १८५३ दशमलव ४८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५० अङ्कले बढेर ३५६ दशमलव ५४ को विन्दुमा पुगेको छ ।

आज कूल २८४ कम्पनीहरूका ३३ लाख १९ हजार ५५८ कित्ता शेयर रु. १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य होटेल तथा पर्यटन उपसमूह ९१.८४ अङ्कले, उत्पादन उपसमूह ९५.३१ अङ्कले, लघुवित्त उपसमूह ४८.४८ अङ्कले र अन्य उपसमूह १.९३ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह २ दशमलव ४१ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ४४ दशमलव ८९ अङ्कले, वित्त उपसमूह ५ दशमलव १५ अङ्कले, जलविद्युत उपसमूह ६.१० अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव ४७ अङ्कले, जीवन बिमा उपसमूह ९४.२६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०७ अङ्कले, निर्जीवन बिमा ७१.४७ अङ्कले र ट्रेडिङ उपसमूह ३७.४१ाा अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x