थ्रीस्टार हाइड्रोपावरको ४२ लाखभन्दा बढी कित्ता शेयरको लकइन असार १९ पछि खुल्ने

आज देखि थ्रीस्टार हाईड्रोपावरकाे आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन्  आवेदन ? | Gyanmandu | Achieving Excellence Together
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीका नाममा रहेको ४२ लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि आगामी असार १९ गतेबाट समाप्त हुने भएको छ।

कम्पनीका अनुसार कुल ४२ लाख १ हजार २५ कित्ता शेयरको लकइन अवधि पूरा भएपछि ती शेयरहरू दोस्रो बजारमा किनबेच गर्न सकिनेछन्। लकइन खुल्ने भएपछि बजारमा शेयर आपूर्तिमा वृद्धि हुने अपेक्षा गरिएको छ।

विवरण अनुसार संस्थापक समूहका ३६ लाख ९३ हजार ७५० कित्ता, स्थानीय बासिन्दाका ४ लाख ९२ हजार ५०० कित्ता तथा कर्मचारी तर्फका १४ हजार ७७५ कित्ता शेयर तीन वर्षदेखि लकइनमा रहेका थिए।

यद्यपि कम्पनीले स्पष्ट पारेअनुसार सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा रहेका कर्मचारीहरूको नाममा रहेका शेयर भने नियमानुसार अझै पनि रोक्का रहनेछन्।

नियम अनुसार आइपिओ निष्कासनपछि सामूहिक लगानी कोषका लागि छुट्टाइएका शेयर ६ महिनासम्म लकइनमा रहन्छन् भने संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीका शेयर ३ वर्षसम्म लकइन अवधिमा रहने व्यवस्था छ। उक्त अवधि पूरा भएपछि मात्र ती शेयरहरू स्वतन्त्र रूपमा कारोबार गर्न पाइने प्रावधान रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x