प्राइम कमर्सियल बैङ्कको संस्थापक शेयर बिक्रीमा


प्राइम कमर्सियल बैङ्क लिमिटेडका विद्यमान संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री प्रक्रिया अघि बढाएका छन्। बैङ्कले जारी गरेको सूचनाअनुसार उक्त सेयर खरिदका लागि हालकै संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आह्वान गरिएको छ।

बैङ्क सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेको हो। सो निर्णयअनुसार प्राथमिकता विद्यमान संस्थापक लगानीकर्तालाई दिइने व्यवस्था गरिएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ। तोकिएको अवधिमा पर्याप्त आवेदन नआएमा भने प्रचलित कानुनअनुसार अन्य नयाँ लगानीकर्ताका लागि पनि सेयर बिक्री खुला गरिनेछ।

बैङ्कले यो प्रक्रिया नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम पारदर्शी रूपमा अगाडि बढाइने जनाएको छ। साथै, बिक्री हुने सेयरको विवरण तथा मूल्यसम्बन्धी थप जानकारी बैंकको कम्पनी सचिवको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x