स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल कात्तिक १३ गते, मङ्गलवारका दिन बसेको सञ्चालक समितिको ४६४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/८१ को मुनाफाबाट कायम चुक्ता पुँजीको कुल २५.५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १९ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा २५.५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
