आईसीएफसी फाइनान्स लिमिटेडले “८% आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” नामक ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। सो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
यस सम्बन्धमा कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। आईसीएफसी फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।
नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सबै नियामक निकायहरूको स्वीकृति प्राप्त भएपछि मात्र ऋणपत्र निष्कासन प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले गराएको छ ।
 
आईसीएफसी फाइनान्सको ५० करोड बराबरको ऋणपत्र बजारमा आउँदै
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            