ग्लोबल आइएमई बैंकद्वारा भिडियो KYC प्रणाली (GiblLiveBanking) सुचारु


ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो KYC प्रणाली (GiblLiveBanking) सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रा.लि. बीच भिडियो KYC प्रणाली (GiblLiveBanking) विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको बैंकले जनाएकाे छ ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गर्नुभएको छन् । सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन भिडियो कलमार्फत आफ्नो KYC अपडेट गर्न सक्नेछन् । बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउदै आएको कम्पनीले जनाएकाे छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x