नेपालको आठ महिनामा कुल वस्तु निर्यात ७.८ % ले वृद्धि , के के छन् प्रमुख निर्यात वस्तु ?

 








ज्ञानमाण्डू।आर्थिक वर्ष २०७८/७९ को छ महिनामा कुल वस्तु निर्यात ९५ दशमलव ५ प्रतिशतले वृद्धि भई रु. १ खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १२१ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ तथा अन्य मुलुकतरर्फ ३० दशमलव २ प्रतिशतले निर्यात वृद्धि भएको छ। छिमेकि मुलुक चीनतर्फको निर्यातमा भने १० दशमलव २ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा अाेयल केक, सोयाविन तेल, गर-गहना, राेशिन,जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया र जडीबुटी वस्तुको निर्यात घटेको छ । 


चालु आर्थिक वर्षको पहिलो छ महिनाको तथ्यांक अनुसार नेपालबाट निर्यात हुने वस्तुमा केही वृद्धि भएको छ । नेपालले स्वदेशबाट निर्यात गर्ने प्रमुख पाँच वस्तुहरु सोयाविन तेल, पाम तेल, पोलिस्टर धागो, ऊनी गलैंचा र जुटबाट उत्पादन गरिएका सामग्रीहरु रहेका छन् । गत आर्थिक वर्षको माघ महिनाको तथ्यांकको तुलनामा चालु आर्थिक वर्षको माघ महिनासम्म यी वस्तुहरु प्राय सबैको निर्यातमा सामान्य सुधार आएको देखिन्छ । यता, अाेयल केकको निर्यातमा भने अधिक वृद्धि भएको देखिन्छ।





समिक्षा अवधिमा नेपालले निर्यात गर्ने प्रमुख वस्तु सोयाविन तेल रहेको छ। नेपालले चालु आर्थिक वर्षको माघ महिनासम्म ३४ अर्व २७ करोड बराबरको सोयाविन तेल निर्यात गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्म नेपालले १७ अर्व ०३ करोड बराबरको सोयाविन तेल निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ अर्व २३ करोड रुपैयाँ अर्थात १०१ दशमलव २ प्रतिशतको वृद्धि हो।


पाम तेल नेपालले निर्यात गर्ने दोस्रो प्रमुख वस्तु हो। नेपालले चालु आर्थिक वर्षको माघ महिनासम्म ३१ अर्व ९७ करोड बराबरको पाम तेल निर्यात गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्म नेपालले ४ लाख बराबरको पाम तेल निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ अर्व ९७ करोड रुपैयाँकाे वृद्धि हो।

नेपालले निर्यात गर्ने अर्को प्रमुख वस्तु मध्ये पोलिस्टर धागो यस आर्थिक वर्षको माघ महिनासम्म ४ अर्व ४६ करोड बराबरको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिसम्म नेपालले ३ अर्व ६५ करोड बराबरको पोलिस्टर धागो निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० करोड २ लाख रुपैयाँ अर्थात २१ दशमलव ९ प्रतिशतको वृद्धि हो।

नेपालबाट निर्यात हुने प्रमुख पाँच वस्तु मध्ये रहेको नेपालमा निर्मित ऊनी गलैंचाको लोकप्रियता भने पछिल्लो समयमा घट्दै गएको देखिन्छ। नेपालले चालु आर्थिक वर्षको माघ महिनासम्म ४ अर्व ७४ करोड बराबरको ऊनी गलैंचा निर्यात गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्म नेपालले ४ अर्व ८९ करोड बराबरको ऊनी गलैंचा निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोड ५ लाख रुपैयाँ अर्थात ३ दशमलव १ प्रतिशतको गिरावट हो।





विश्व बजारमा निकै लोकप्रिय रहेका जुटबाट उत्पादन गरिएका सामग्रीहरु, नेपालले यस आर्थिक वर्षको माघ महिनासम्म ३ अर्व ९३ करोड बराबरको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिसम्म नेपालले ३ अर्व ११ करोड बराबरको जुटबाट उत्पादन गरिएका सामग्रीहरुको निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२ करोड ४७ लाख रुपैयाँ अर्थात २२ दशमलव ४ प्रतिशतको वृद्धि हो।


तथ्यांक स्रोत : नेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x