नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रूपमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन समेत विदेशी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको हो ।
उहाँले नेपालमा लगानीका अधिक सम्भावना रहेको तर्फबाट सबै विदेशी लगानीकर्ताहरूको ध्यान आकर्षित गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले भन्नुभयो ‘नेपालमा ऊर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानीका सम्भावनाहरू छन्, यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरूले लाभ पनि लिइरहेका छन्, त्यसैले म सबै विदेशी लगानीकर्ता मित्रहरूलाई यसतर्फ आग्रह गर्दछु ।’
अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरूसँगै लगानीको वातावरण पनि रहेको जानकारी गराउनुभयो ।
नेपाल दुई ठुला र समृद्ध राष्ट्रको बिचमा रहेकाले लगानी र बजारको पनि त्यति तै अवसर रहेको उहाँको भनाई थियो । अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरूको आगमनमा पनि उल्लेख्य मात्रामा वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।
नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
