यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर २७९६ दशमलव ५७ को विन्दुमा कायम भएको छ। आज कूल ३२९ कम्पनीहरूका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर रु. १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ मा खरिद बिक्री भए।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु. ८५ करोड ९४ लाख ५० हजार ३९४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ५१ करोड २९ लाख ८६ हजार ५४२ बराबरको शेयर कारोबार भएको छ ।

यता, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको रु. ४९ करोड ५७ लाख २४ हजार ३२८, अपि पावर कम्पनीको रु. ४४ करोड ९८ लाख ८२ हजार ५८५ र ङादी ग्रुप पावर लिमिटेडको रु. ४१ करोड ३२ लाख ४६ हजार ८२१ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x