
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २ दशमलव ६१ अङ्कले घटेर २७५७ दशमलव ४० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अङ्कले घटेर ४७१ दशमलव १३ को विन्दुमा पुगेको छ ।
आज कूल ३४५ कम्पनीहरूका १ कराेड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर रु. ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह शून्य दशमलव ६७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८१.१६ अङ्कले, जलविद्युत उपसमूह ५.९८ अङ्कले र अन्य उपसमूह १४.९५ अङ्कले बढेका छन् । यता, विकास बैङ्क उपसमूह ३७ दशमलव ३२ अङ्कले घट्दा वित्त उपसमूह १० दशमलव २२ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ४९ अङ्कले, जीवन बिमा उपसमूह ५८.०९ अङ्कले, उत्पादन उपसमूह ५.५२ अङ्कले, लघुवित्त उपसमूह ९.७१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १२ अङ्कले, निर्जीवन बिमा ३६.९३ अङ्कले र ट्रेडिङ उपसमूह ७२.८३ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा २.६१ अङ्कको गिरावट, नेप्से २७५७.४० को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
