नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ ०७ गते आइतबारका दिन एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडको कुल १३ लाख २६ हजार ६१४.३६ कित्ता, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५ लाख ७६ हजार ०८१ कित्ता, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ८ लाख २९ हजार ०२६.५६ कित्ता र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ४ लाख ८६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को नाफाबाट एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले १८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।
नेप्सेमा चार कम्पनीहरूको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
