धितोपत्र बजारमा १.६४ अङ्कको गिरावट, नेप्से २६८१.५० को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १ दशमलव ६४ अङ्कले घटेर २६८१ दशमलव ५० को विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७० अङ्कले घटेर ४५६  को विन्दुमा पुगेको छ ।

आज कूल ३२६ कम्पनीहरूका १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता शेयर रु. ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ०९८ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ४ दशमलव ५६ अङ्कले घट्दा जीवन बिमा उपसमूह १७ दशमलव १९ अङ्कले, उत्पादन उपसमूह ४९ दशमलव ६४ अङ्कले, लघुवित्त उपसमूह १५ दशमलव १४ अङ्कले, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव ०६ अङ्कले र अन्य उपसमूह ७ दशमलव २५ अङ्कले घटेका छन् । यता, विकास बैङ्क उपसमूह ६ दशमलव ०७ अङ्कले बढ्दा वित्त उपसमूह २३ दशमलव ३३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १४ दशमलव ०८  अङ्कले, जलविद्युत उपसमूह १३ दशमलव ४० अङ्कले, लगानी उपसमूह शुन्य दशमलव ०९ अङ्कले, निर्जीवन बिमा १५ दशमलव १८ अङ्कले र ट्रेडिङ उपसमूह १८ दशमलव ९१ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x