
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर २६९४ दशमलव २० को विन्दुमा कायम भएको छ। आज कूल ३२९ कम्पनीहरूका २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर रु. ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ५५ करोड ५२ लाख ४० हजार ७६१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ५३ करोड ६४ लाख ८६ हजार ९६५ बराबरको शेयर कारोबार भएको छ।
यता, राधी विद्युत कम्पनी लिमिटेडको रु. ३८ करोड ९८ लाख २८ हजार ४४०, युनियन हाइड्रोपावर लिमिटेडको रु. ३७ करोड ११ लाख ४३ हजार २६८ र शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ३१ करोड ३९ लाख ७५ हजार ८२८ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
